धम्पुसमा गुलाबी



महिला निर्देशक समुन्द्र भट्टको निर्देशनमा गुलाबी नामक फिल्मको निर्माण कार्य शुरु भएको छ।

गत शुक्रबार कास्कीको माछापुच्छे गाउँपालिका धम्पुसस्थित सीता बराह आयर भयर मन्दिरमा शुभमुहूर्त गरी शनिबारबाट फिल्मको छायांकन कार्य शुरु भएको हो। नाजिर हुसैन, सुशील सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’ लगायतको मुख्य भूमिका रहने फिल्म धम्पुस, पोखरा र काठमाडौंमा छायांकन गरिने निर्देशक भट्टले जानकारी गराइन्।

अनुपम फिल्म्ससँगको सहकार्यमा द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरबाट निर्माणाधीन फिल्ममा भद्र भुजेल एसोसिएट निर्देशक रहेका छन् भने निर्देशक भट्टकै कथा, रामकुमार श्रेष्ठ र नाजिर हुसैनको पटकथा र संवाद तथा आलोक शुक्लाको छायांकन रहेको छ। क्यानडाको टोरन्टो फिल्म स्कुलमा निर्देशन पढेकी निर्देशक भट्टले यसअघि आधा पेज नाम फिल्म निर्देशन गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्