हाँसो र रोदनले भरिएको हिजोआजका कुरा



ख्यातिप्राप्त हास्यव्यग्य अभिनेता सन्तोष पन्तले एक दशकभन्दा लामो समयसम्म नेपाल टेलिभिजनका लागि निर्माण गरी लोकप्रियता हासिल गरेको हास्य टेलिश्रृंखला हिजोआजका कुरा नामबाटै निर्माण गरेको फिल्म हिजो आजका कुराको बुधबार राजधानीमा आयोजित एक समरोहबीच ट्रेलर सार्वजनीक गरिएको छ।

उनकै फिल्मकर्मी छोरा साकार पन्तद्वारा निर्देशित फिल्मको ट्रेलरमा पारिवारिक जीवनमा आउने उतावचढाव, संघर्ष, जिम्मेवारी, कर्तब्य र वर्तमान समयको वास्तविकतालाई दर्शाइएको छ। दुई मिनेट ४५ सेकेन्ड लामो ट्रेलर हासो र रोदनले भरिएको छ।

अभिनेता तथा फिल्मका निर्माता सन्तोष पन्तले आफूले १२ बर्षसम्म टेलिभिजनमा सञ्चालन गरेको टेलिश्रृंखलाको साखलाई फिल्मले अझ सशक्त रुपमा बिउत्याउने बिश्वास ब्यक्त गरे। अभिनेत्री रमा थपलियाले निकै मिहीनेत गरेर बनाइएकाले दर्शकले पुनः एकपटक ठूलो पर्दामा पनि उत्तिकै मन पराउने आशा व्यक्त गरिन्। कार्यक्रममा अभिनेत्री ऋचा शर्मा र रिमा बिश्वकर्माले आफूहरु हिजो आजका कुराको सदस्य बन्न पाउदा खुशी लागेको बताए।

अभिनेता दिब्यदेवले फिल्म मनोरञ्जनका साथमा सन्देशमुलक समेत रहेको बताउदै आफूले पाएको भूमिकामा न्याय दिने कोसिस गरेको दावी गरे। अभिनेत्री जेबिका कार्की र यसै चलचित्रबाट डेब्यु गरेकी अनुष्का अधिकारीले पनि आफूहरुको अभिनय यात्रामा हिजो आजका कुरा बिशेष रहेको बताए। सविन श्रेष्ठले आफूहरुले निकै मिहीनेतका साथ काम गरेकाले दर्शकको मन जित्ने आशा ब्यक्त गरे। निर्देशक साकारले पारिवारिक कथामा निर्माण गरिएको फिल्मबाट आमदर्शकको माया पाउनेमा आफूहरु ढुक्क रहेको बताए। कार्यक्रममा केही समयअघि युट्युवमा सार्वजनीक गरिएको परदेश बोलको गीत पनि प्रदर्शन गरिएको थियो। गीतले फिल्मको कथाको बहावलाई अझ पेचिलो बनाएको निर्देशक साकारले बताए।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा कथा अभिनेता पन्तकै छ भने पटकथा सन्दिप किस्ना र छायांकन रवि सायमीको छ। सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुईंकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतले अभिनय गरेको फिल्म आगामी असोज २८ गते अल नेपाल रिलीज हुँदैछ। बिके फिल्मस् र एफडिले वितरण गर्ने फिल्ममा प्रतिभा पन्त कार्यकारी निर्माता तथा बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र सह–निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्