सुस्मिता र मोेदीबीचको सम्बन्ध टुट्यो

0
Shares

बलिउड अभिनेत्री सुस्मिता सेन रा इन्डियन प्रिमियर लिगका पूर्वअध्यक्ष एवं व्यापारी ललित मोदीबीच प्रेम सम्बन्ध टुंगिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार करिब एक महिनाअघि सुरु भएको उनीहरूको प्रेम सम्बन्धमा समस्इा आएपछि मोदीले आफ्नो सामाजिक सञ्जालको प्रोफाइलबाट सुस्मिताको तस्वीर हटाएका छन् भने डिस्प्ले फोटो समेत बदलेसँगै उनीहरूको सम्बन्ध टुंगिएको अड्कल गरिएको छ।

तर, यसबारे सुस्मिता र मोदीले भने औपचारिक रूपमा मुख खोलेका छैनन्।करिब एक महिनाअघि ५८ वर्षीय मोदीले सुस्मिता सहितको आफ्नो सामाजिक सञ्जालको प्रोफाइल फोटो परिवर्तन गरेका थिए। योसँगै उनीहरूको सम्बन्धको खबर आगोसरी फैलिएको थियो। मोदीले सुस्मिताको साथ माल्दिभ्स टुरमा जाँदाका केही तस्वीर सामाजिक सञ्जालमा माई बेटरहाफ भन्ने क्याप्सनका साथ सेयर गर्दै आफूहरू डेटमा रहेको र छिट्टै विवाहसमेत गर्ने बताएका थिए।

दुई छोरीको सिंगल मदर ४५ वर्षीया सुस्मिता र मोदीको सम्बन्धमा दररा आउनुको कारण भने सुस्मिताको पूर्वपति रहमान सलका भएको जनाइएको छ। करिब अढाइ वर्षसम्म प्रेम सम्बन्धमा रहेका उनीहरू ब्रेक अपपछि पनि सँगै देखिएका थिए भने हालै सुस्मिताको छोरीको बर्थडे पार्टीमा पनि उनीहरूलाई देखिएको समाचारमा उल्लेख छ।

Skip This