ऐना झ्यालको पुतलीमा ३७ वर्षअघिको गीत



आगामी भदौ २४ गते रिलिज हुने फिल्म ऐना झ्यालको पुतलीको बाल गीत सार्वजनिक गरिएको छ। ३७ वर्षअघि तयार पारिएको मेरो गाउँ ज्यामिरे बोलको गीत बालबालिकाको वरिपरि रहेर तयार गरिएको छ। रामबाबु सुवेदीको शब्द रचना रहेको गीतमा रामेश श्रेष्ठको संगीत रहेको छ भने टेम्दो छिरिङ, अङमु लामा र स्वर्णिम स्कुलका विद्यार्थी गाएका छन्।

सुवेदीले आफूले २०४० सालमा रचना गरेको गीतमा २०४२ सालमा रामेश श्रेष्ठले संगीत भरेको जानकारी गराए। रेडियो नेपाल र एफएममा बज्दै आएको बालगीतलाई फिल्मको निर्माण समूहले फिल्मको ओर्जिनल साउन्ड टझयाक (ओएसटी) का रूपमा सार्वजनिक गरेको हो।

रचनाकार सुवेदीले आफूले गीतमा कल्पना गरेजस्तै फिल्मको कथा रहेकाले गीत प्रयोगका लागि अनुमति दिएको बताए। गाउँले परिवेश र शिक्षाको महङ्कवको विषयमा असाध्यै राम्रो फिल्म बनेको रहेछ। मैले ज्यादाभन्दा ज्यादा केटाकेटीले गीत सुनून् भनेर यो गीत बनाएको हो। अब फिल्ममा आएपछि त्यो झन् धेरै साना नानीबीच पुग्छ। यो गीत र फिल्म दुवैले शिक्षाको कुरा गर्छु उनले भने।

लेखक तथा निर्देशक सुजित बिडारीले गीत आफूले कलेज पढ्दाको समयमा सुने पनि गीतले नोस्टाल्जिक बनाएकाले फिल्ममा प्रयोग गर्ने निर्णय गरेको बताए। यो गीत मैले सानामा सुनेको पनि थिएँ होला। तर, कलेज पढ्दा ख्याल गरेको थिएँ। यतिबेला सुन्दा पनि म नोस्टाल्जिक बनेको थिएँ। अहिले यो फिल्ममा गीत राख्ने कारण हाम्रो यही नोस्टाल्जिया फर्काउने हो। किनकि, यो फिल्म नै एक प्रकारको हाम्रो नोस्टाल्जिया होु सुजितको भनाइ छ।

बुसान, ढाका, फ्रिबर्गलगायत थुप्रै अन्तर्राष्टिझय फिल्म फेस्टिभलमा छनोट भएको तथा पुरस्कृत भएको फिल्मले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा पेस गर्छ। जुन परिवार अर्थ अभावका कारण छोरीलाई माध्यमिक शिक्षा दिन संघर्ष गर्छ। योबाहेक फिल्मले बाल्यकाल र योसँग स्मृतिका कथा पनि पेस गर्छ। सुजित बिडारीको निर्देशन रहेको फिल्मलाई आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रवीण स्याङबाे र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन्।

केही दिनअघि विश्वव्योति मलमा भएको स्पेसल स्क्रिनिङमा हेर्नेले यो असाध्यै राम्रो फिल्म बनेको प्रतिक्रिया दिएका थिए। आप्mनै बाल्यकाल दुरुस्त प्रस्तुत गरेको अधिकांशको प्रतिक्रिया थियो। फिल्ममा सिरु बिष्टबाहेक पहिलोपल्ट अभिनय गर्ने कलाकारको बाहुल्य रहेको छ। फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक शिवाकोटीलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्