पूजाको प्रेम जीवनसँग मिल्दोजुल्दो सम्हालिन्छ कहिले मन



अभिनेत्री पूजा शर्माले स्टारका कारणभन्दा पनि कथाका कारण फिल्म चल्ने बताएकी छन्। म स्टारको कारण फिल्म चल्छ भन्ठान्थें। तर, फिल्मको कथाका कारणचाहिँ स्टार चल्ने रहेछु पर्सी शुक्रबारदेखि अल नेपाल रिलिज हुने फिल्म सम्हालिन्छ कहिले मनको पत्रकार भेटघाट कार्यक्रममा पूजाको भनाइ थियो यो फिल्मको कथा स्टार चल्ने खालको छ। सम्हालिन्छ कहिले मनमा कतिपय कुरा मेरो जीवनसँग मिल्ने र भोगेकै कुरा छन्।

आफूले माया गरेको मान्छेलाई पाउन मान्छेले कतिसम्म गर्छ र चाहेकै माया नपाउदा पनि जीवनमा मुभ अन हुनुपर्छ, पाउनु मात्र माया होइन भन्ने कुरा यो फिल्ममा छ। फिल्म छायांकनको क्रममा विदेश बसाइको अनुभव सुनाउँदै अभिनेत्री शर्माले सुनाइन् म विदेश गएर एक हप्ताभन्दा बढी बस्नै सक्दिनँ। तर, फिल्ममा लन्डनमै हुर्के बढेको क्यारेक्टर भएकोले फिल्म सुटिङको क्रममा लामो समय लन्डन बस्दा त्यहाँ भेटिने नेपाली तथा नेपालस™ग सम्बन्धित कुराले आफ्नो देशप्रतिको माया झनै बढेको अनुभव हुने रहेछ।

अभिनेता आकाश अधिकारीले कार्यक्रममा बोल्दै आफूले पूर्ण मेहनतका साथ काम गरेका बताए। फिल्ममा मैले मेहनत र कर्तव्य पूरा गर्दै इमानदारिताका साथ काम गरेको छु। यसको क्यारेक्टरलाई जस्टिफाई भएको छ। फिल्मका निर्देशक सुदर्शन थापाले सम्हालिन्छ कहिले मनले दर्शकलाई कुनै अर्ति उपदेश तथा शिक्षाविना विशुद्ध मनोरञ्जन दिने दाबी गरे। केही समयदेखि नेपाली फिल्म राम्रो चलेको छैन।

सायद ती फिल्ममा कन्टेन्ट, अग्र्यानिक, आर्ट, राम्रो नराम्रो भन्ने कुराले दर्शक हलमा आउन नचाहेका हुन् कि? मान्छेलाई घरमा परिवारले पनि सधैं अर्ति उपदेश दिइरहेको हुन्छ। अनि साथीभाई आफन्त जहाँ जोसुकैले पनि अर्ति उपदेश, शिक्षा दिइरहेको हुन्छ अनि फिल्म हेर्न गयो हलमा पनि हर्ती उपदेश मात्र दिने फिल्म छ भने त्यहाँ दर्शकले मनोरञ्जन कसरी लिन्छन् र? कम्तिमा फिल्मबाट दर्शकले मनोरञ्जन लिऊन् भन्ने हिसाबले यो फिल्म ल्याएका छौँ। यो फिल्मबाट बालकदेखि वृद्धसम्मले मनोरञ्जन लिन सक्छन् सुदर्शनको दाबी थियो।

नवअभिनेता सोनम तोप्देनलाई फिल्ममा लिएको प्रसंगमा सुदर्शनले बाटोमा हिँडिरहेका विभिन्न व्यक्तिलाई फिल्म क्षेत्रमा ल्याएर सफल बनाएको बताए। मैले बाटोमा हिँडिरहेका र फ्लप भएका कलाकारलाई लिएर पनि फिल्म सफल बनाएको छु। कुनै बेला म पनि बाटोमा हिँडिरहेको थिए। प्रज्ज्वल शम्शेर राणाले टझस्ट नगरेको भए म यहाँ हुँदैनथे। त्यस्तै, बाटोमा हिँडिरहेको मान्छेलाई तिमी यो हौ भनेर चिनाइदिने मान्छे चाहिन्छु सुदर्शनले फिल्मको अधिकांश भाग लन्डनमा छायांकन गरिएकोबारे सुनाए लन्डनमा नै सुटिङ गर्नुपर्ने भनेपछि मैले मेकरहरूलाई लुकीछिपी सुटिङ गर्नुपर्ने हो कि परमिसन लिएर राम्रोसँग गर्ने भनेर सोधेँ। किनभने विदेशमा लुकेर सुटिङ भएका धेरै नेपाली फिल्ममा सटहरूमा कम्प्रोमाइज गर्नुपर्ने अवस्था देखिन्थ्यो। पर्मिसन लिएर नै सुटिङ गर्ने भनेर क्यारेक्टर आर्टिस्टदेखि मेकअप म्यानसम्मको टिम लिएर युकेका विभिन्न स्थानमा सुटिङ गरिएको छ भने कोभिडका कारण त्यहाँ धेरै समय बन्द भएका कारण केही सिन नेपालको मुस्ताङमा पनि सुटिङ गरिएको छ।ु
फिल्मका डेब्यु अभिनेता सोनाम तोप्देनले गीत गायनमा लागेको आफू अचानक फिल्म क्षेत्रमा आएपछि यसप्रति अझै रुचि बढ्दै गएको बताए। यो फिल्ममा काम गर्दा सुदर्शनजीले गाइड गर्दै गएकाले झन् रुचि बढ्दै गयो र फिल्म सकिएपछि एक्र्टिङ कोर्स पनि गरे। फिल्मका धेरै कुरा मेरो वास्तविक जीवनसँग पनि मिल्छ। कतिपय सिनमा आफ्नो जीवनमा पहिले भएका मानिसलाई सम्झेर पनि रोएको हुन सक्छु उनले भने।
महेश दवाडीको लेखन रहेको फिल्ममा आकाश, पूजा र सोनमको साथमा धीरेन शाक्य, सरोज खानल, गौरी मल्ललगायतको अभिनय रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा सौरभ लामाको छायांकन तथा अर्जुन जीसीको सम्पादन रहेको छ। फिल्म अमित बस्नेत, परी राणा र अजित कुमार थापाले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्