जावेदद्धारा पाण्डेको पुस्तक सार्वजनिक



फिल्म प्रसादको सुपर हिट गीत बनकि चरी के भन्छेका सर्जक गीतकार बी. पाण्डेद्वारा रचित सय गीतहरूको संग्रह मेरा सय गीतहरू हालै भारतका प्रख्यात कवि गीतकार जावेद अख्तरले विमोचन गरेका छन्।

गीत संगीत, धार्मिक, पर्यटन, राजनीति, कलाकारिता, उच्च सरकारी अधिकारी, प्रहरी, सेना, वकिल, खेलाडी, पत्रकारलगायतका विभिन्न एक सय बढी व्यक्तित्वबाट आफ्नो पुस्तक विमोचन गराइसकेका गीतकार पाण्डेले हालै भारतको मुम्बई पुगेको अवसरमा अख्तरबाट पनि सो संग्रह विमाचन गराएका हुन्। पाण्डेले आफ्नो पुस्तकमार्फत समाजका विभिन्न क्षेत्रसँग गीत संगीत क्षेत्रलाई जोड्न चाहेको प्रष्ट्याए।

दुई दशकदेखि गीत लेखन कार्यमा सक्रिय पाण्डेको शंका नगर मेरो मायामा, मन साटिन्छ उमेरैमा, सुनको पैंचो, जाली रुमाल, कसरी, खाएको कसम फिर्ता, एक पल मुटुमा, पिरतीमा जित हुन्न हार हुन्न, यो देश फेरि बन्छ, तिम्रो खुसी, कुरै बुझिनदेखि पहिले दिल साट्ने कुरा भोजस्ता दर्जनौं गीत सार्वजनिक भइसकेका छन्। थुप्रै सम्मान तथा पुरस्कार चुम्दै आएका पाण्डेको यो पुस्तक पुस्तक एबीसी पब्लिकेसनले प्रकाशन गरी बजारमा ल्याएको हो।

नेसनल डिजाइनर रनवेको उपाधि सामुयललाई
मोडल सध्र्स नेपालद्वारा राजधानीमा सम्पन्न द नेसनल डिजाइनर रनवे २०२२ मा सामुयल अकोन्थासले उपाधि चुमेका छन्। प्रतियोगितामा उत्कृष्ट फेसन डिजाइनर बनेका उनले उपाधिसँगै ५० हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन्।
त्यसैगरी, लक्ष्मी श्रेष्ठ र निकिता श्रेष्ठ फस्ट रनर्सअप तथा ब्ल्याक फिन्स सेकेन्ड रनर्सअप भएका सविन ढुगाना, दीपक घिमिरे, गोमा तिवारी र तृष्णा गुरुध्र निर्णायक रहेको प्रतियोगिताको विजेता छनोटअघि रोजिन शाक्यको कोरियोग्राफीमा पूर्व विजेतासहितका अन्य फेसन डिजाइनरबाट तयार पारिएका पहिरन ६० जना मोडलले -याम्पमा प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्