झिँगेदाउको टल टल टलक्कै



हित्यकार भीमनिधि तिवारीको कृति झिँगेदाउमा आधारित फिल्म झि“गेदाउको नया™ गीत सार्वजनिक गरिएको छ।

ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्मको गीत टल टल टल टलक्कै सार्वजनिक गरिएको हो। एक नारायण भण्डारी र दिनेशराज पुरीको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको गीत सुरेश लामा र अञ्जुपन्तले गाएका छन्।

रामजी लामिछानेले कोरियोग्राफ गरेको गीतको भिडियो फिल्मका मुख्य कलाकार मुकुन भुसाल र केकी अधिकारीको विवाह माहोलमा खिचिएको छ। भिडियोमा कुशल विष्ट र आँचल शर्माले कोरस डान्सरका साथ नृत्य गरेका छन्।

प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा मुकुन भुसाल, केकी अधिकारी, हिउ™वाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकाले अभिनय गरेका छन्। आगामी भदौ १७ गतेबाट रिलिजमा आउने फिल्म दुई दाजुभाइ र देउरानी-जेठानीको पारिवारिक झमेलाको कथामा बनेको तथा सपरिवार हेर्न सकिने फिल्म भएको निर्देशक ज्ञानेन्द्र देउजाले बताए।

कपनगढी सिनेमा र फिल्म क्रु नेपालको ब्यानरमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाद्वारा निर्मित फिल्म मा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, विष्णु घिमिरेकल्पितु को छायांकन र मित्रदेव गुरुध्रको सम्पादन छ। फिल्ममा सुशील दाहाल र ईश्वर घिमिरे सह-निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्