भोगाइबाट जन्मियो ऐना झ्यालको पुतली



गामी भदौ २४ गते रिलिज हुने फिल्म ऐना झ्यालको पुतली आफ्नो अनुभवजन्य भोगाइको परिणाम रहेको यसका निर्देशक सुजित बिडारीले बताएका छन्।

मंगलबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्देशक बिडारीले भूकम्पबाट सिर्जित निस्सारताबीच आफ्नै घरका महिलाले गरेको संघर्षलाई आधार मानेर तयार गरेको कथालाई साथीहरूले मेरो जस्तै भनेपछि ऐना झ्यालको पुतली बनेको सुनाए। ञम आमा र दिदीहरूको संघर्ष हेरेरै हुर्किएँ। फिल्ममा देखिने आमा, दिदी, भाइ मेरै परिवारका सदस्य हुन्।

यो कथा मजस्तै धेरै परिवारको कथा हो। त्यसैले, यो फिल्मलाई मेरो भोगाइको प्रतिविम्ब भन्दा पनि हुन्छु पत्रकार भेटघाटमा उनले भने, ञमैले जसरी यो उमेरमा आएर आमा र दिदीहरूको संघर्षलाई हेरेँ, त्यसैगरी फिल्म पनि भाइको आँखाबाट आमा र दिदीले गरेको संघर्षमा साक्षी बसेको छ।

निर्देशक बिडारीले मजाक गर्दै सुनाए ञपहिलो कुरा त नन-एक्टरसँग काम गर्न गाह्रो हुने रैछ भन्ने थाहा पाएको भए सायद म उहाँहरूसँग काम गर्दिनथेँ होला। मेरो फिल्म अलि पुरानो समयको गाउँको कथा हो। गाउँको चरित्रले गर्ने गतिविधिमा कुनै कमजोरी नहोस् भनेर त्यही परिवेशमा हुर्केका चरित्रलाई कलाकार बनाएँ । उहाँहरूले मेरो सोचलाई सार्थक बनाइदिनुभयो।

सिरु विष्ट, कञ्चन चिमरिया र दिनेश खत्रीले शीर्ष भूमिकामा अभिनय गरेको फिल्ममा सिरु विष्टबाहेक बाँकी सबै गैर कलाकार हुन्।क तथा कास्टिङ  निर्देशकले संखुवासभाका स्कुलबाट अडिसन गरेर स्थानियलाई अभिनयका लागि तयार गराएका हुन्। निर्देशक बिडारीले गैर कलाकारबाट पनि कलाकारबाट जस्तै काम गराउन सरल भएको सुनाए।

अभिनेत्री सिरु विष्टले स्क्रिप्ट पढ्नुअघि आफूले यो फिल्ममा काम गर्ने कुरामा विश्वस्त नभए पनि स्क्रिप्ट पढेपछि काम गर्न तयार रहेको बताइन्। ञडाइरेक्टरले भन्दा त म यसमा काम गर्न सक्दिन होला जस्तो लागेको थियो, तर स्क्रिप्ट पढेपछि यो त मैले भोगेकै कथाजस्तै लाग्यो। त्यसैले, मैले यसमा का गरेँ सिरुले सुनाइन्, ञवास्तवमा मलाई अहिलेसम्म घाँस काटेको, दूध दुहेको, गुन्द्री बुनेको, डोको नाम्लो गरेको अनुभव थिएन।

यस्ता धेरै कुरा मैले यही फिल्मबाट अनुभव गर्न पाएँ र धेरै थोरै सिकेँ पनि। सिरुले केही अघि रिलिज भएको फिल्मको टझेलरले गाउँले परिवेशमा बनेको दिदी भाइको कथा जस्तो छनक दिए पनि हरेक परिवेशमा रहेका परिवारलाई आफ्नै कथा आभास हुने दाबी गरिन्। आइसफल प्रडक्सन, लोकल सिनेमा र आर्को फिल्मस्को संयुक्त ब्यानरमा प्रवीण स्याङकाे, आकाश पौडेल, रामकृष्ण पोखरेल र निर्देशक बिडारीद्वारा संयुक्त रूपमा निर्मित फिल्म दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलको न्यु करेन्ट सेक्सनमा छानिने पहिलो नेपाली फिल्म बनेको छ।

यही फिल्मबाट निर्देशक बिडारीले ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड चुमेका छन् भने फिल्म एसिया प्यासिफिक स्क्रिन अवार्ड र जेलिन अवार्डमा पनि छानिएको थियो। स्विजरल्यान्डको फ्रिवर्ग इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत प्रदर्शन भएको फिल्मलाई स्विजरल्यान्डका थुप्रै स्कुलमा देखाइएको निर्माता रामकृष्ण पोखरेलले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्