१० वर्षपछि झनै मिठासपूर्ण सम्हालिन्छ कहिले मन



कप्रिय गायक सुगम पोखरेलको सुपरहिट गीत सम्हालिन्छ कहिले मनबाट नामाकरण गरी निर्माण गरिएको फिल्मको शीर्ष गीत सोमबार राजधानीमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

पोखरेलले एक दशकअघि गाएको उक्त गीतमा यसपटक पनि उनकै स्वर रहेको छ। उनले १० वर्षघि गाएको गीतको नयाँ भर्सनलाई पोखरेलले आफ्नो गायन कलाले थप मिठासपूर्ण बनाएका छन्। जेम्स प्रधानकै संगीत रहेको गीतमा शब्द रचना सुयश भद्मराई र संगीत संयोजन शैलेन्द्र डी प्रधान (बाबु) को छ। संवादसमेत समावेश गरिएको गीतमा आकाश श्रेष्ठ, सोनम तोप्देन र पूजा शर्मालाई फिचरिङ गरिएको छ।

विदेशमा छायांकन गरिएको गीतको भिडियोमा आकाश, सोनम र पूजाको केमेस्टझी जमेको छ। सम्हालिन्छ कहिले मनका लागि श्रेया बनेकी पूजाले सतिश बनेका आकाशलाई विवाहको प्रस्ताव गरेसँगै शुरू हुने गीतको भिडियोलाई कोरियोग्रँफर कविराज गहतराजले निकै नै आकर्षक रूपमा प्रस्तुत गरेका छन्। त्रिकोणात्मक प्रेमका रूपमा प्रस्तुत गरिएको गीतको भिडियोले दर्शकमाझ कौतुहलता जगाउँछ।

आगामी भाद्र १७ गते रिलिज हुने फिल्ममा आकाश, सोनम र पूजाका साथमा सरोज खनाल, गौरी मल्ल र धीरेन शाक्य प्रमुख कलाकार रहेको फिल्म भिक्टर सिनेमा लिमिटेडको ब्यानरमा एबी इन्टरनेसनलको प्रस्तुति तथा अमित बस्नेत, अजित कुमार थापा र परी रानाको निर्माण गरेका हुन्।

सुदर्शन थापाद्वारा निर्देशित प्रेमकथाको फिल्ममा लेखन महेश दवाडी, संगीत जेम्स प्रधान, ताराप्रकाश लिम्बू र अजुन पोखरेल, गायन सुगम पोखरेल, ताराप्रकाश लिम्बू, सुरेश लामा, सोनम थोप्तेन, अञ्जु पन्त, अनु चौधरी र दीपा लामा, कोरियोग्राफी कविराज गहतराज, कला निर्देशन जटाशंकर गोसाईं, छायांकन सौरभ लामा र सम्पादन अजनु जिसीको रहेको छ। सनिश खकुरेल, अंकित गौतम र अजित पल सिंह फिल्मका कार्यकारी निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्