बेलायतबाट कैदीको पत्र

0
Shares

सामाजिक यथार्थवादी कथामा आधारित फिल्म कैदीको पत्रको टझेलर सार्वजनिक गरिएको छ। बेलायतबाट निर्मित तथा सनम कुमार वैरागद्वारा निर्देशित कैदीको पत्रको टझेलर बेलायतवाटै सार्वजनिक गरिएको हो।

बेलायतमा नै आफ्नो जीवन समर्पित गरेका नेपाली साहित्यकार स्व. ईश्वर मानन्धरको कथा संग्रह कैदीको–पत्रमा आधारित फिल्मको सम्पूर्ण छायांकन बेलायतको स्कटल्यान्डमा सम्पन्न भएको हो। फिल्ममा बेलायतमा नै रहेका नेपाली तथा विदेशी कलाकारले अभिनय गरेका छन्। विक्रम द जोशी, कैलाश विश्वकर्मा, दिल घले, नानीहेरा वैराग र हिराल जोशीद्वारा निर्मित फिल्ममा ३५ प्रतिशतभन्दा बढी अंग्रेजी भाषा रहेको छ।

निर्देशक वैरागकै गीत, पटकथा र संवाद फिल्ममा म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुवर्ण थापा, चरण प्रधान, मनीष कुमार श्रेष्ठ, सुष्मिता थापा, बेलायतका पूर्वनेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीलगायतले अभिनय गरेका छन्। बेलायतमा सेप्टेम्बर महिनाबाट सार्वजनिक प्रदर्शन हुने फिल्म नेपालमा नोभेम्बर महिनाबाट रिलिज हुनेछ।

Skip This