आर्यनको सायरामा बलिउडका निर्देशक



चक्लेटी हिरो आर्यन सिग्देलको प्रमुख भूमिका रहने फिल्म सायरा बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने भएका छन्।

सो फिल्म निर्देशनका लागि निर्माता रघु परियार र बलिउड निर्देशक विशालबीच हालै मुम्बईमा सम्झौता भएको छ। निर्माण कम्पनी डीबीआर मिडिया एन्ड मुभिज प्रालिको तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आगामी दशैँताका फिल्म छायांकन हुने जानकारी गराए।

उहाँ हाम्रो फिल्म निर्देशन गर्न तयार हुनुभयो। उहाँको बलिउड अनुभवले नेपाली फिल्मको मेकिध्र उत्कृष्ट हुने विश्वास छु मुम्बईबाट निर्माता रघुले भने। निर्देशक देसाईले नेपाली फिल्म निर्देशन गर्न पाउँदा उत्साहित भएको बताएका छन्। नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ छ। सांस्कृतिक दृष्टिकोणले पनि हामी नजिक छौँ।

नेपाली फिल्मको अफर आएकोले यसपटक गर्न रेडी भएको हुँ निर्देशक देसाईको भनाइ छ। निर्देशक देसाईले वीरगति र ढोलकी नामक फिल्म निर्देशन गरेका छन् भने कामिनी दामिनी नामका टिभी सिरियल निर्देशन गरेका छन्।

फिल्ममा अभिनेताको रूपमा आर्यन सिग्देल केही अघि मात्र अनुबन्धित भएका हुन्। फिल्म सोसल डझामा र लभ स्टोरीमा तयार हुनेछ। सायराको ९० प्रतिशत छायांकन अस्टेलिया र १० प्रतिशत नेपालमा हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्