झरना अब भागवत गीतातिर



मेरो हजुर ४ को निर्माण गर्नुअघि नै अर्को स्क्रिप्टमा काम गर्दै आएकी अभिनेत्री तथा निर्देशक झरना थापाले अन्ततः उक्त स्क्रिप्माथि भागवत गीता नामक फिल्म बनाउने भएकी छन्।

झरनाले फेसबुकबाट भागवत गीताको टिजर सार्वजनिक गर्दै सो फिल्म निर्माणको घोषणा गरेकी हुन्।
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः।
नचैनं क्लेदयन्त्यापो न शोषयति मारुतः।।

श्रीकृष्ण जन्माष्टमीको शुभकामनाका साथ गीताको एक श्लोक उल्लेख गर्दै झरनाले सार्वजनिक गरेको टिजरमा झरना पुत्री नायिका सुहाना थापालाई फिचरिङ गरिएको छ। जीवनका सुन्दर तीन दशक फिल्म क्षेत्रमा विभिन्न भूमिकाका साथ निर्वाह गरियो। कलाकार, निर्माता, निर्देशक हुँदै आफ्नै सन्तानसम्म यही क्षेत्रलाई समर्पण गर्दै कलाकारका रूपमा सुहानालाई हजुरहरूले माया दिइसक्नुभएको छु झरनाले सामाजिक सञ्जालमार्फत भनेकी छन् हामीले बनाएका फिल्मलाई हजुरहरूले दिनुभएको अपार मायापछि फेरि हजुरहरूको लागि नयाँ कोसेली भागवत गीता निर्माणको घोषणा गर्दै छौँ।

फिल्म घोषणाको टिजर जनकपुरधामको जानकी मन्दिरमा खिचिएको छ। जसमा सुहाना रामजानकी भक्तको रूपमा देखिएकी छन्। उनी मन्दिरभित्रदेखि उत्साहित भएर दौडिँदै बाहिर निस्किएको र बाहिर निस्किएपछि उनी भावुक हुँदै आँसु झारेको दृश्य टिजरमा छ। टिजरमा उनको शिरबाट मयूरको प्वाँख भुइँमा खस्छ र सोहीअनुसार फिल्मको टाइटल कम्पोज गरिएको छ।

आगामी २०८० सालको वैशाख १ गतेका लागि रिलिज डेटसमेत तय गरिएको फिल्म झरना, उनका निर्माता पति सुनिलकुमार थापा र नायिका पुत्री सुहाना थापाको होम प्रोडक्सन सुनील थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ।

रुपमा अमृत राई, जंग राई र खेम गुरुङ सह-निर्माता र अमेरिका वितरक रहेन फिल्मका अन्य कलाकारको घोषणा गर्न बाँकी छ भने फिल्ममा कोरियोग्राफी रामजी लामिछाने, छायांकन सञ्जय लामा र सम्पादन साहिल खानको रहनेछ।

प्रतिक्रिया दिनुहोस्