वर एन्ड वधु फागुन १९ मा



लोकप्रिय निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माणाधीन फिल्म वर एन्ड वधु आगामी फागुन १८ गते अल नेपाल रिलिज हुने भएको छ।

निर्माता निर्देशक चाम्सले हालै रोमानियाबाट फिल्मको छायांकन कार्य सम्पन्न गरी स्वदेश फर्केर रिलिज डेट घोषणा गरेका हुन्। लभ स्टोरी र कमेडी जनरामा तयार भएको फिल्म वितरकको सल्लाहमा आगामी फागुन १९ गतेबाट रिलिज गर्न लागेको निर्देशक चाम्सले बताए।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा जानुका थापाको निर्माण र डा. अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्ममा नव-नायक विवेक कर्माचार्य र नायिका आँचल शर्मा वर वधुको मुख्य भूमिकामा छन्। रोमानियामा छायांकनका केही तस्वीरसमेत निर्माणपक्षले सार्वजनिक गरेको थियो, जसमा आँचल र विवेक रोमान्टिक देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्