प्रकाश नेपालसहित १० देशमा



हेटौंडा।

आगामी भाद्र १० गते रिलिज हुने फिल्म प्रकाशको टोली हेटौंडा आइपुगेको छ। सञ्चारकर्मीसँग भेट गर्दै फिल्मका लेखक विकास सुवेदीले प्रकाश नेपालसहित अन्य १० देशमासमेत सोही मितिमा रिलिज हुने जानकारी गराए।

करिब साढे दुई करोड रुपियाँ खर्चेर निर्माण गरिएको फिल्म दर्शकले मनपराउनेमा निर्माण टिम आशावादी रहेको सुवेदीले बताए। फिल्ममा आमाको भूमिका निर्वाह गरेकी अभिनेत्री दिया मास्केले समाजमा पहिचान खोजी गर्ने क्रममा एकल महिलाले गर्नुपर्ने संघर्षको विषय उठान गरिएको बताइन्।

देशमा विभिन्न राजनीतिक परिवर्तन भए पनि रोजगारीका लागि जुम्लाबासीले गर्नु परेको दुख र कष्टलाई फिल्ममा देखाउन खोजिएको जनाउँदै उनले आफूले नायक प्रदीप खड्काकी आमाको भूमिकामा अभिनय गर्दै जुम्लाका महिलाले भोग्नुपरेको पीडा उठान गरिएको बताइन्।

मास्केले पुरुषको सफलतामा महिलाको हात हुने कुरालाई आफ्नो भूमिकामार्फत् देखाउन खोजेको दाबी गरिन्। प्रसाद, पर्व, क्लासिकजस्ता फिल्ममा सहायक निर्देशन गरिसकेका लेखक सुवेदीले आफूले जुम्लाका महिलाको कथा बुझन लामो समय जुम्लामा बसेर कथा लेखन कार्य गरेको बताए। जुम्लाका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा एकल महिला, उनका छोरा र गाउँका कथाव्यथालाई उतारिएको उनले बताए।

निर्देशक दिनेश राउतले समाजको यथार्थपरक कथालाई व्यावसायीकरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रकाशले नेपाली समाजको यथार्थतालाई जीवन्तरूपमा चित्रण गरेको बताए। आफू राम्रो कथाको खोजीमा रहेको र चाहेजस्तो कथा पाएकाले पनि प्रकाश निर्देशनका लागि तयार भएको उनको भनाइ थियो।

महेन्द्र अधिकारीद्वारा निर्मित फिल्ममा प्रदीप खड्का, दीया मास्केका साथमा प्रकाश घिमिरे, राजन खतिवडा, रेणु योगीलगायत कलाकारको अभिनय छ। हालसम्म चकलेटी हिरो र लबर ब्वायको भूमिकामा पर्दामा देखिँदै आएका अभिनेता खड्का प्रकाशमा भने फरक भूमिकामा देखिँदै छन्। यसमा उनी शिक्षक बन्न संघर्षशील ग्रामीण युवाको भूमिकामा छन्।

सैलुँको चिसो हावा ल्याए विकासले समाजसेवी तथा हवाई व्यवसायी गायक विकाश राणाले आप्mनो नयाँ गीत शैलुङको चिसो चिसो हावाको भिडियो हालै सार्वजनिक गरेका छन्। शशी विक्रम थापा र गणेश चौलागाईंको शब्द रचना तथा संगीत रहेको राणाको मेलोडियस गीतमा संगीत संयोजन शशी विक्रम थापाकै रहेको छ। गीतमा शैलुगको सुन्दर प्रकृतिसँगै सुन्दर युवतीको वर्णन गरिएको छ।

नितिन चन्दको निर्देशनमा बनेको गीतको भिडियोमा अभिनेता राजेश हमाल र अभिनेत्री वर्षा शिवाकोटीले अभिनय गरेका छन्। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोको छायांकन मनोज सुवेदीले गरेका छन्। सौखिन तिमल्सिनाले सम्पादन गरेको भिडियो विकाश राणाले आफ्नैभ् युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

राणा हालै आफ्नो संगीतमय समारोह विकास राणाको गीत यात्रामा प्र्रस्तुत भएका थिए। कार्यक्रममा राणाले प्रत्यक्षरूपमा आफ्ना आधा दर्जन गीत गाएर सुनाएका थिए। सो अवसरमा उनका ११ गीतको भिडियो सार्वजनिक गरिएको थियो। राणाले आगामी दिनमा आफूलाई गीत संगीत क्षेत्रमा समर्पण गर्ने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्