फागुनलाई स-यो परदेशी-२



काठमाडाैं  ।

लोकप्रिय संगीतकार, गायक तथा फिल्म निर्देशक नारायण रायमाझीले परदेशीको सफलतापश्चात् निर्माण गरको त्यसको सिक्वेल फिल्म परदेशी–२ को रिलिज डेट सरेको छ।

आगामी असोज १४ गतेका लागि रिलिज डेट तोकिएको फिल्म फागुन ५ गते रिलिज हुने भएको छ। फिल्मका निर्माता तथा संगीत व्यवसायी राजेश वंशलले फागुन ५ गतेका लागि नयाँ रिलिज डेट तोकिएको जानकारी गराए। वंशलका अनुसार वितरक, हल सञ्चालक तथा फिल्म व्यवसायीहरूसँगको सर-सल्लाहमा फिल्म आगामी फागुन ५ गते रिलिज गर्ने निर्णय गरिएको हो।

फिल्मका केही प्राविधिक काम बाँकी नै रहेको र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने महशुस भएकाले उक्त मितिबाट केही पछाडि सारिएको निर्देशक रायमाझीले बताए। अनपेक्षित भए पनि समग्र फिल्म क्षेत्रको हितलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो। यसलाई सबैले सकारात्मक रूपमै लिनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ निर्देशक रायमाझी भन्छन्।

नारायण इन्टरनेसनल प्रालिको प्रस्तुतिमा राजेश वंशल र नारायण रायमाझीद्वारा निर्मित फिल्ममा प्रशान्त तामाध्र, प्रकाश सपूत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटी, निर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बाबु, रोशनी कार्कीलगायतका कलाकारले अभिनय गरेका छन्।

रमेश बिजीको कथा र पटकथा रहेको फिल्ममा संगीत नारायण रायमाझी र बीबी अनुरागी, कोरियोग्राफी गोविन्द राई र रामजी लामिछाने, द्वन्द्व अष्ट महर्जन, छायांकन मानकृष्ण श्रेष्ठ र सम्पादन दीर्घ खड्काको रहेको छ। निर्देशक रायमाझीले परदेशीअघि गोरखा पल्टन निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्