भुवनलाई स्वागत र सम्मान



नेपाल चलचित्र संघले राजधानीस्थित आप्mनो कार्यालयमा एक कार्यक्रमको आयोजना गरी चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष तथा अभिनेता, निर्माता एवं निर्देशक भुवन केसीलाई सम्मान पत्रका साथ स्वागत र सम्मान गरेको छ।

कार्यक्रममा संघका अध्यक्ष वीरेन्द्र नारायण श्रेष्ठले भुवनको कार्यकालमा नेपाली फिल्म क्षेत्रका समस्याहरूको समाधान हुने विश्वास व्यक्त गरे। नेपाली फिल्म क्षेत्रको जुन रूपमा विकास हुनुपर्ने हो, त्योरूपमा हुन सकिरेको थिएन। कोरोनाबाट समस्यामा परेको यो क्षेत्र फेरि माथि आउने कोशिसमा छ।

यस्तो बेला फिल्म क्षेत्रकालाई नजिकबाट बुझेको भुवन केसी बोर्ड अध्यक्ष हुनुभएकाले नेपाली फिल्म क्षेत्रका समस्याको समाधान हुने विश्वास छु अध्यक्ष श्रेष्ठले भने हामी सबै मिलेर उहाँको कार्यकाल सफल बनाउन लागौँ। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बोर्डमो भुवनको नियुक्तिले कलाकारको योगदानको कदर भएको चर्चा गरे। भुवन दाइलाई बच्चाले समेत चिन्छ।

उहाँले आफूले मात्र फिल्म क्षेत्रको सेवा गनुभएको छैन, आफ्नो परिवारलाई समेत यसमै लगाउनुभएको छ। उहाँको नियुक्तिले विशिष्ट कलाकारर्को योगदानको कदर भएको महशुस भएको छु खड्काले भने उहाँको कार्यकालमा बोर्डले स्वायत्तता पाउनेछ भन्ने विश्वास मैले लिएको छु। उहाँलाई ऐतिहासिक कार्यकालको शुभकामना। सबैले सकारात्मक सोच राखेर साथ दिऊँ।

नेपाल चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधानले ६० वर्षमाथिका फिल्मकर्मीलाई भत्ताको व्यवस्था गर्न भुवनलाई सुझाए भने संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदयले प्रदर्शकका समस्यालाई प्राथमिकमतामा राख्न आग्रह गरे। नेपाली फिल्म क्षेत्र पूर्णरूपमा स्थापित नभई सकेको अवस्थामा कोरोनाको कारण थलिन पुग्यो र फेरि विस्तारै उठ्दैछ। यस्तो कठिन अवस्थामा उहाँको नियुक्ति भएको छ। कोरोना कालमा सबैभन्दा पीडित भनेको प्रदर्शक नै हो। तर, बोर्डको प्राथमिकतामा कहिले परेको छैनु उदयले भने बोर्ड विदेशी करबाट उठेको पैसाले चल्ने र सरकारले नै बजेटको व्यवस्था गर्ने व्यवस्था नभएसम्म कहिल्यै माथि उठ्न सक्दैन।

प्रदीपले थपे हामी नेपाली फिल्मबीच नै शो पाएन भनेर झगडा गरेर बस्छौँ। तर, प्रेमगीत ३ भारतमा भव्य ढंगले लाग्दैछ। कोशिस गरे त बाहिर पनि बजार खोज्न सकिने रहेछ नि। त्यसैले, हामी मिलेर जानुको विकल्प छैन। हामीकहाँ अहिले एउटै कलाकारले बजेटको ४० प्रतिशतसम्म लिइरहेको छ। ठीक छ दिन सक्ने निर्माताले दिऊन्, तर त्यसले फिल्म क्षेत्रलाई नै बिगार्छ भने यसलाई सच्याउनुपर्छ। बोर्डमा बुझेको मान्छे गएकोले यसपाली भने आशा पलाएको छ। बोर्डका अर्का पूर्वअध्यक्ष नकिम उद्दिनले फिल्म क्षेत्रमा समस्या धेरै भएको र त्यसलाई पन्छाउँदै अर्काे स्तरमा पुग्नुपर्ने चर्चा गर्दै हालको अवस्थामा हलको संख्या पाँच सय पुड्याउनुपर्ने विचार व्यक्त गरे।

त्यसैगरी, अर्का पूर्वअध्यक्ष राजकुमार पोखरेल र नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पष्कर लामाले भुवनको कार्यकालमा फिल्म क्षेत्रले निकास पाउने आशा व्यक्त गरे। बोर्ड अध्यक्ष भुवन केसीले सबैलाई समान व्यवहार गर्दै फिल्मकर्मी र यससँग सम्बन्धित संघ संस्थासँग सहकार्य गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्