बद्रीबहादुरको अस्ट्रेलिया प्रिमियर



शोभित बस्नेतद्वारा निर्देशित फिल्म बद्रीबहादुरको अस्ट्रेलिया मा प्रिमियर गरिएको छ। नेपालअघि विदेशबाट रिलिज गरिएको फिल्मलाई अस्ट्रेलिया शोबाट सुखद प्रतिक्रिया मिलेको निर्देशक बस्नेतले बताए।

सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन्। फिल्म अझै अस्ट्रेलियाका तीन सहरमा प्रदर्शन गरिने भएको छ भने केही समयपछि नेपालमा रिलिज हुुनेछ।

एबी पिक्चर्स फार्म र सलोन-सलिना ब्यानरमा विजय गोपाल दलीको प्रस्तुति, मिथुन भोटेको निर्माण र रवि अधिकारीको कार्यकारी निर्माणमा बनेको फिल्ममा सलोन बस्नेत, पूजा शर्मा, जयकिसन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धीरेन शाक्य, वर्षा चौलागाईंलगायतले अभिनय गरेका छन् भने एलिना गुरुङ यसै फिल्मबाट डेब्यु गरेकी छन्।

रामकाजी घिमिरेको लेखन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन, विनोद सापकोटाको छायांकन र समीर मियाको सम्पादन रहेको फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभाको विभिन्न ठाउँमा छायांकन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्