एसईई आन्तरिक परीक्षाभन्दा फरक छैन : करिश्मा मानन्धर



पहिलेदेखि नै एसएलसी, एसईई भनेको आइरन गेट भनेर सुन्दै आएको हो। मैले एसईई परीक्षा दिँदा ग्रेडिध्र सिस्टम आइसकेको थियो। कक्षा १० को अन्तिम परीक्षा एसईई कस्तो होला भन्ने कौतुहलता ममा पनि थियो। तर, मैले एसईई परीक्षा विद्यालयमा दिइरहेको आन्तरिक परीक्षाभन्दा फरक पाइनँ। पढेकै विषयका प्रश्नहरु र प्रश्न हल गर्ने तरिका पनि उही हुँदोरहेछ। फरक यति मात्र थियो कि पहिले आफ्नै विद्यालयमा परीक्षा दिइन्थ्यो भने एसईईमा अन्य विद्यालयमा गएर दिनुप-यो। एसईईको एक्जाममा गार्ड पनि हुन्थे। तर, त्यो माहोलले मलाई चाहिँ परीक्षा दिन फरक पारेन। त्यसैले मलाई एसईईको एक्जाम पनि अन्य परीक्षा जस्तै लाग्यो।

मलाई म्याथ पहिलेदेखि गाह्रो लाग्थ्यो। त्यसैले त्यत्रो वर्षको ग्यापपछि फेरि पढ्न गएकी मैले ९ र १० मा ध्यान दिएर पढ्न थालेको थिएँ। धेरै मेहनत गर्दै जाँदा पछि म्याथ पनि सजिलो लाग्न थालेको थियो। कक्षा १० मा अप्सनल म्याथ लिएको थिएँ। तर, एसईई परीक्षाको एक महिनाअघि सब्जेक्ट चेन्ज गरांै जस्तो लाग्यो र टिचरसँग सल्लाह गरेर अप्सनल म्याथ क्विट गरेर पपुलेसन पढें।एसईई आउनु एक महिनाअघि मात्र पपुलेसन लिएको, त्यसमाथि मसँग त्यो सब्जेक्टको बुक पनि थिएन। तर, मैले त्यो सब्जेक्ट राम्ररी बुझेकाले सोहीअनुसार एक्जामममा एन्सर लेखेको थिएँ। पछि ३ जीपीएसहित मलाई पहिले गाहझो लाग्ने म्याथ र पछि चुज गरेको पपुलेसन सब्जेक्टमा पनि राम्रो नम्बर आयो।

जसरी हामी बच्चाहरुलाई एसईई भन्ने बित्तिकै अनावश्यक प्रेसर र अटेन्सन दिएर पढाउँछाैं, मेरो अनुभवमा चाहिँ क्लासमा ध्यान दिएर, बुझेर पढ्ने हो भने फाइनल एक्जाममा त्यसरी पढ्नै पर्दैन। क्लासमै पढेको कुरालाई रिभिजन गर्दा पनि राम्रो गर्न सकिँदोरहेछ।एसईईपछि मानविकी संकायअन्तर्गत आफूलाई मनपर्ने सोसोलोजी तथा मेजर इंग्लिस लिएर पढें। अहिले ब्याचरलरमा पनि सोही विषयमा अध्ययन गरिरहेको छु। प्लस टुपछि मलाई रुरल डेभलेपमेन्ट पढ्न मन थियो।

तर, मेरो बसाइ गोदावरी भएको र लामो यात्रा गरेर कलेज जान असहज हुने अनि नजिकै रहेको किटनी कलेजमा उक्त विषयमा पढाइ नहुने भएकाले पनि अंग्रेजी विषय लिएर पढिरहेको छु। आफूले सोचेको र जानेको सब्जेक्ट लिएर पढ्न नपाए पनि ध्यान दिएर पढ्यो भने जुनसुकै सब्जेक्ट पनि इजी लाग्दै जाँदोरहेछ भन्ने मैले अनुभव गरें। तर, एसईई सकाइसकेपछि सकेसम्म आफूलाई रुचि लिएको र आफ्नो क्षमताअनुसारको सब्जेक्ट चुज गरेकै राम्रो।
प्रस्तुतिः रश्मी थापा

प्रतिक्रिया दिनुहोस्