संसदीय विशेष समितिको प्रतिवेदन मान्य छैन : केपी ओली



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्य नहुने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बहुमत र अल्पमतका आधारमा प्रतिवेदन ल्याइएको भन्दै प्रतिवेदन मान्य नहुने बताएका हुन् ।

‘११ जनाको समिति बनाउने, ७ जना आफ्ना राख्ने, हुन्छ हुन्न भनेर रिपोर्ट ल्याउने ?’ उनले भने , ‘यो तथ्यमा आधारित रिपोर्ट होइन, त्यसलाई मान्न सक्ने कुरा हुन्न, नेपाली जनताले अस्वीकार गर्नुपर्छ ।’

बजेट निर्माण प्रक्रियामा एघार सदस्यीय संसदीय समितिमा चारजना एमालेका सांसद र बाँकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद थिए ।

संसदीय छानबिन विशेष समितिले बजेट निर्माणका क्रममा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्