पहिलोपटक मंकीपक्स भाइरसबाट मृत्यु



अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।  कारण ब्रजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको छ। संक्रमणबाट ब्रजिलका एक ४१ वर्षीय पुरूषको मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म १,०६६ जनामा मंकीपक्स पुष्टि भएको छ ।

त्यस्तै स्पेनले पनि भाइरससँग जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ । मंकीपक्सबाट मृत्यु भएको युरोपमै पहिलो घटना हो । भाइरसबाट स्पेन सबैभन्दा संक्रमित देशमध्ये एक हो । अहिलेसम्म ४ हजार २९८ जनामा मंकीपक्स देखिएको छ । तीमध्ये १३० जना अस्पताल भर्ना भएका छन् ।

एक साताअघि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो ।
उनी लिम्फोमा र कमजोर प्रतिरक्षा प्रणालीबाट पीडित भएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्