एसपीपी अस्वीकार गरेको पत्र अमेरिकालाई पठाइसकेका छौँ : परराष्ट्रमन्त्री खड्का



काठमाडौँ।

परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकालाई एसपीपी कार्यक्रम अघि नबढाउने पत्र पठाइसकेको बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा उनले साउन ९ गते नै कुटनीतिक माध्यमबाट लिखित पत्र पठाइसकिएको जानकारी दिएका हुन्

“साउन ९ गते एसपीपी अघि नबढ्ने भनेर लिखित रुपमा कुटनीतिक माध्यमबाट अमेरिकालाई लिखित पत्र पठाइसकेका छौँ,” उनले भने ।

मन्त्री खड्काले मन्त्रिपरिषद् बैठकबाट केही समय अघि एसपीपी अस्वीकार गर्ने निर्णय गरे पनि आधिकारिक पत्र पठाउन आन्तरिक परामर्श आवश्यक भएकाले केही ढिलो भएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्