प्रकाशको आशा



ग्रामीण भेगको समस्या गाउँमै बस्नेलाई थाहा छ सहरियालाई होइन। गाउँको गरिब परिवारमा हुर्किएको एक युवा, जसले शिक्षक बन्ने सपना बोकी हिँडेको छ।

उसलाई सरकारी शिक्षक बन्न कति संघर्ष छ, त्यो प्रकाशलाई थाहा छ।आगामी भदौ १० गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्म प्रकाशको कुरा हो यो। फिल्मबारे जानकारी दिन पोखरामा आयोजित भेटघाटमा प्रकाशबारे यसैगरी प्रकाश पा-यो, सो फिल्मको टिमले। यसै फिल्ममार्फत निकै फरक भूमिकामा देखिएका अभिनेता प्रदीप खड्काले फेरि एकपटक हलमा दर्शक तान्ने आशा जगाएको छन्।

क्युट अनुहारका प्रदीपलाई यसमा प्र्र्रस्तुत गरिएको हुलिया नै चर्चाको विषय बनिरहेको छ। फिल्ममा प्रदीपले सुदूरपश्चिम क्षेत्रका एक शिक्षकको भूमिका निर्वाह गरेका छन्। फिल्ममा उनीसँगै दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रानु योगी, हुम बिसीलगायतका कलाकारले अभिनय गरको छन्।

भेटघाटमा फिल्मका निर्देशक दिनेश राउतले जुम्लाको निम्न वर्गीय पात्रको सपना बोकेको कथा रहेको बताए। उनले फिल्म मनोरञ्जनका लागि मात्रै नभई डकुमेन्टझी शैलीको रहेको सुनाए। लेखक विकास सुवेदीले प्रकाश समाजको साझा समस्या बोकेको कथा भएको सुनाए।

अभिनेता प्रदीप खड्काले अरू फिल्मभन्दा प्रकाशका लागि धेरै समय पोखरामा बिताएको बताए। उनले प्रकाश जुम्लामा सुटिङ भए पनि समग्र देशको समस्यालाई बोकेको र राजनीतिक व्यवस्थासँग जोडिएको बताए। किसानको मात्र होइन, यो हाम्रो राजनीतिक व्यवस्था र राजनीति संस्कारसँग जोडिएको विषय पनि हो। यो पूर्वदेखि पश्चिमसम्मको भोगाइको कहानी होु प्रदीपको भनाइ छ एक युवाको संघर्ष र शिक्षक बन्ने सपनाबीचको पुल हो।

यसले एक गरिब युवाको सपनामा देशको ऐन, कानुन, विधि विधान र प्रक्रियाले पार्ने प्रभावका विषयलाई समेत उठान गरेको छ। आँखाको शितलता दिने फिल्म गरिराखेको मान्छेले मनलाई छुने फिल्म खेलेको कारण पनि धेरै दर्शकले रुचाउनेमा आशावादी छु। नायिका दिया मास्केले फिल्ममा वास्तविकतालाई प्राथमिकतामा राख्दै काम गरेको सुनाइन्।

उनले आफूले फिल्मको सुटिङका दौरान उक्त स्थानमा नुहाउनसमेत नपाएको सुनाइन्। महिलालाई त्यो ठाउँमा निकै समस्या रहेछ। जुन समस्या हामी झेल्नै सक्दैनौँ। कल्पना गरेभन्दा पनि भयानक रहेछु उनले भनिन्, म आफैं पनि एक महिना बढी नुहाउन पाइन। हामीले किसानसँगै गएर काम पनि ग -यौँ दियाले सुनाइन्। नेपालसहित अमेरिकाको पाँच शहरमा रिलिज हुने फिल्म महेन्द्र अधिकारीले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्