बाबुराम भट्टराईद्वारा नयाँ पार्टी दर्ता



काठमाडौँ।

जनता समाजवादी पार्टी नेपाल(जसपा)बाट निष्काशनमा परेका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरेका छन् । बिहीबार निर्वाचन आयोगमा भट्टराईले नेपाल समाजवादी पार्टी दर्ता गरेका हुन्।

निर्वाचन आयोगले यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइएको भट्टराई समूहका नेता विश्वदीप पाण्डेले बताए।

पार्टीको चुनाव चिह्न आँखा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्