खडेरीका कारण ८ महिनामा १७९ हात्ती मरे


नैरोबी ।

केन्यामा जलवायु परिवर्तनले ठूलो संख्यामा हात्ती मर्न थालेका छन् । एक रिपोर्टअनुसार केन्याली सरकारले जलवायु परिवर्तन हात्तिका लागि शिकारीभन्दा पनि ठूलो खतरा भनेको छ ।

विश्वको सबैभन्दा ठूलो पार्कमध्ये एक साभो राष्ट्रिय निकुञ्जमा पछिल्लो आठ महिनामा मात्रै १७९ हात्ती मरेका छन् । पछिल्ला आठ महिनामा नौ हात्तीको तस्करी भएको छ जबकी यो अवधिमा खडेरीका कारण १७९ हात्ती मरेका छन् । यो ठूलो संख्या हो । जलवायु परिवर्तनबारे छलफल गर्ने समय आएको छ’ केन्याका पर्यटन मन्त्रालयका सचिव नाजिब बलालाले स्थानीय सञ्चारमाध्यमलाई भने ।

जलवायु परिवर्तनको असरलाई ध्यानमा राखेर खतरालाई सम्बोधन गर्न सरकारले राष्ट्रिय वन्यजन्तु जलवायु परिवर्तन अनुकूलन रणनीति २०२२–२०३ तयार पारेको उनले बताए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।