ईश्वरसँग झिँगेदाउ



ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्म झिँगेदाउको दोस्रो लिरिकल गीत ईश्वरसँग पनि सार्वजनिक गरिएको छ। अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर रहेको छ भने भिडियोमा फिल्मका चल अचल दृश्य समावेश छ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको लिरिकल भिडियोमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता मुकुन भुसाल, कुशल विष्ट र हिउँवाला गौतमलाई समेटिएको छ। फिल्ममा केकी र आँचल जेठानी देउरानीको भूमिकामा देखिएका छन्। कपनगडी सिनेमा र फिल्म त्र्यु नेपालको ब्यानरमा सुलभ प्रतिक देउजा र समीक्षा देउजाद्वारा निर्मित फिल्ममा संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुसाललगायतका कलाकारले पनि अभिनय गरको छन्।

भीमनिधि तिवारीद्वारा लिखित झिँगेदाउ कथामा आधारित फिल्ममा पटकथा र संवाद प्रदीप भारद्वाज, छायांकन विष्णु कल्पित र सम्पादन मित्र डी
गुरुङको रहेको छ। सुशील दाहाल र ईश्वर घिमिरे सह-निर्माता रहेको फिल्म आगामी भदौ १७ गतेबाट रिलिजमा आउनेछ।

प्रतिक्रिया दिनुहोस्