डेसानको फस्ट लुक



महामारीको विषयमा निर्माण गरिएको फिल्म डेसानको सोमबार रिलीज डेट घोषणा गर्दै फस्ट लुक सार्वजनिक गरिएको छ।
आगामी मंसिर २३ गते रिलीज डेट घोषणा गर्दै सार्वजनिक दुई डिजाइनमध्ये एउटामा डेब्यु अभिनेता अभिनेत्री निशान चौहान र पुनम थापालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ भने अर्काे पोस्टरमा निशान र पुनमका साथमा नम्रता सापकोटा र भोला सापकोटालाई गम्भीर मुद्रामा प्रस्तुत गरिएको छ।

पर्फमिङ आर्ट क्रियसनको ब्यानरमा निर्मित फिल्ममा नम्रता, निशान, भोलाराज र पुनमका साथमा कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारु मगरलगायतका कलाकारले अभिनय गरेका छन्।

कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्ममा राज थापा काउचाको कथा तथा निर्देशक कमलकै स्क्रिप्ट, गीत राजु थापा, संगीत हरि लम्साल, स्वर प्रताप दास र प्रबिशा अधिकारी, चक्रबहादुर महर्जनको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ। एफडि, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले बितरण गर्ने फिल्ममा कृशाला मगर कार्यकारी निर्माता रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्