पूजाआजाका साथ छक्का पञ्जा ४ शुरू



नामका आधारले लोकप्रिय हास्य सिरीज फिल्म छक्का पञ्जा–४ को निर्माण घोषणाका साथ सुटिङ शुरू गरिएको छ।
सोमबार भक्तपुरस्थित सूर्यविनायक मन्दिमा फिल्मको पूजाआजा गरी फिल्मको सुटिङ शुरू गरिएको हो। छक्का पञ्जा अभिनेत्री तथा निर्देशक दीपाश्रीले निर्देशन गर्दै आए पनि छक्का पञ्जा ४ भने हेमराज बिसीले निर्देशन गर्दैछन्।

फिल्म निर्माण घोषणा कार्यक्रममा बोल्दै अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले छक्का पञ्जा ४ केही नयाँ कलाकारका साथ आउने जानकारी गराइन्। ‘यसपाली हेमराज बिसी, बेनीसा हमालजस्ता नयाँ अनुहारसँग जोडिएका छाँ भने हिरोको रूपमा नेपाली दर्शकले स्विकारेको मेरो प्रिय साथी दीपकराज गिरी रहनुभएको छ । राज आचार्य र परिक्षा लिम्बुको ईन्ट्रोड्युससहित हामी यसपालि केही नयाँ कलाकारका साथ आएका छौैं। त्यो भन्दैमा पुराना टिम नभएको भने होइन’ दीपाश्रीले भनिन्। कार्यक्रममा अभिनेता दीपकराज गिरीले हरेक वर्ष एकपटक दर्शकका साथ भेट हुने गरेकोमा कोभिड १९ का कारण ग्याप भएको र करिब चार वर्षपछि छक्कापञ्जाको सिरिज ल्याउन लागेको बताए। ‘ढिलै भए पनि दर्शकलाई भेट्न पाएकोमा खुशी लागेको छ ।

निर्देशनमा युवा निर्देशक हेमराज बीसीको ईन्ट्रि भएको छ। हाम्रो टीममा केही परिवर्तन भए तापनि डय«ास्टिक चेन्ज भएको चाहिँ होइन। दर्शकले खोजेका अनुहार सबै छैनन्। केही कलाकार जाममा छन्, केही कलाकार घरमा बसेर जाम पाउरोटी खाइरहेका छन्’ –दीपकले भने।दीपकराज गिरीको लेखन रहेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, निर शाह, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, शुष्मा निरौला, बुद्धी तामाङ, रवी डंगोल, निर्मल शर्मा, विकास शाह, रमेश बुढाथोकी, सुवास गजुरेल, अनुराग कुँवर, लुनिभा तुलाधरलगायत कलाकारको भूमीका रहनेछ।

अघिल्ला सिरीजमा अतिथी भूमिकामा देखिँदै आएकी अभिनेत्री दीपाश्री यसपटक लामो भूमिकामा देखिने दीपकले बताए। दीपक शर्मा र कृष्ण भारद्धाजको संगीत रहने फिल्ममा राजेन्द्र थापाको गीत तथा नरेन्द्र मैनालीको छायाकन रहनेछ। दीपकराज गिरी, दीपाश्री निरौलालगायत छक्का पञ्जाका पूरानै निर्माण समूहको लगानी रहने फिल्मको कार्यकारी निर्मातामा केदार घिमिरे र निर्मल शर्मा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्