बोर्ड अध्यक्षमा भुवन केसी



सरकारले चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भुवनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो।

भुवन अघिल्लो सरकारको कार्यकालमै बोर्ड अध्यक्षको आंकाक्षी थिए। तर विभिन्न खिचातानीका कारण उनलाई केपी शर्मा ओलीको सरकारले बोर्ड अध्यक्ष हुनबाट वञ्चित गरेको थियो । जसका कारण केही समयअघि मात्र भुवनले नेकपा (एमाले) परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका थिए।

दयाराम दाहालको कार्यकाल सकिएपछि सरकारले बोर्ड अध्यक्षका लागि आवेदन माग गरेको थियो। सो पदका लागि भुवनसहित नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादीलगायत गठबन्धन सरकार संलग्न पार्टी निकट १० फिल्मकर्मीले आवेदन दिएका थिए। सरकारले विभिन्न प्रक्रिया पूरा गरी भुवनलाई सो पदमा नियुक्त गरेको हो।

प्रतिक्रिया दिनुहोस्