जिफन्टको अध्यक्षमा पुनः श्रेष्ठ

५७ सदस्यीय कार्यसमिति, ११ बुँदे कायाकल्प सार्वजनिक,चारवर्षमा कार्यान्वयन गर्ने प्रतिबद्धता



काठमाडौं । नेकपा (एमाले) निकट मजदूरहरुको संगठन नेपाल ट्रेड युनियन (जिफन्ट) को अध्यक्षमा विनोद श्रेष्ठ चुनिनु भएको छ । मंगलबार बिहान ४ बजे सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनले श्रेष्ठको नेतृत्वमा ५७ सदस्यीय कार्यसमिति चयन गरेको हो । जिफन्टको संरक्षकमा विष्णु रिमाल रहनुभएको छ ।

 महाअधिवेशन पछि आज राजधानीमा आयोजित पत्रकार कायैसमिति सार्वजनिक गरिएको छ । कार्यसमितिको उपाध्यक्ष एवं विदेश विभाग प्रमुखमा रमेश बडाल, उपाध्यक्ष एवं ट्रेड युनियन शिक्षा विभाग प्रमुखमा विदुर कार्की, उपाध्यक्ष एवं श्रम सम्बन्ध परिषदको प्रमुखमा जनक चौधरी, उपाध्यक्ष एवं प्रचार एवं प्रकाशन विभाग प्रमुखमा जितेन्द्र बहादुर श्रेष्ठ, उपाध्यक्ष एवं सामाजिक सुरक्षा विभाग प्रमुखमा कमल गौता, उपाध्यक्ष एवं व्यवसायजन्य सुरक्षा र स्वाथ्य विभाग प्रमुखमा मञ्जुकुमारी थापा,पदेन उपाध्यक्ष एवं महिला कमिटिको अध्यक्षमा सीता लामा चयन हुनुभएको छ ।

महाअधिवेशनले महासचिव लक्ष्मण शर्मा, उप–महासचिवमा नरनाथ लुइँटेल र पदेन उप–महासचिवमा कमला तामाङ चयन हुनुभएको छ । ५ जना सचिवमा हरिवबहादर कार्की ट्रेड युनियन शिक्षा विभाग सचिव , कृष्ण बहादुर केसी एवं श्रम सम्बन्ध परिषद सचिव , स्मृति लामा विदेश विभाग सचिव, महेन्द्रलाल श्रेष्ड प्रचार तथा प्रकाशन सचिव, बेलीमाया घले व्यवसायजन्य सुरक्षा र स्वाथ्य सचिव, तारानिधी पन्त सामाजिक सुरक्षा सचिव र पदेन सचिव विजया खड्का महिला कमिटी सचिव चयन हुनुभएको छ ।

महाअधिवेशनले सात प्रदेशका पदेन सदस्यलाई प्रदेश अध्यक्ष चयन गरेको छ । प्रदेश १ मा किशोर धमला, मधेश प्रदेशमा कमलेश झा, वागमतीमा रामहरी नेपाल, गण्डकी प्रदेशमा रुद्रबहादुर खत्री, लुम्बिनीमा हुमकान्त काफ्ले, कर्णाली प्रकाश खत्री र सुदुरपश्चिममा जितबहादुर मल्ल रहनुभएको छ । महाअधिवेशनले सदस्य एवं युवा कमिटीको अध्यक्षमा विकी श्रेष्ठलाई चयन गरेको छ ।

महाअधिवेशनले ४१ जना केन्द्रीय कार्यसमिति सदस्य चयन भएका छन । जिफन्टको ५१ सदस्यीय कार्यसमितिको विधान परिवर्तन गर्दै ५७ सदस्यीय बनाएको छ । जसमा ८ उपाध्यक्षबाट १ घटाएर सात र ५ जना सदस्य थपेको हो । महाअधिवेशनले गुणराम आचार्यलाई अनुशासन निरीक्षण आयोग प्रमुख, सिता गुरुङ संसदीय तथा स्थानीय तह संयोजन कमिटि प्रमुख र देवबहादुर बमलाई सहकारी प्रवद्र्धन कमिटि प्रमुखमा चयन गरीएको छ ।

पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आगामी चारवर्षका लागि ११ बुँदे कायाकल्प सार्बजनिक गर्नुभएको छ । जस्मा काम र उचित ज्याला, स्वच्छ कार्यस्थल कामको निरन्तरता, तालिमेलाई तलब अभियान, सबै पालिकामा कामको केन्द्र सुचिकृत अनौपचारिक श्रमक्षेत्र, न्युन आयबाट मध्यम आयतिर, विपन्नता तोडि सम्पन्नतातिर अभियान, हाम्रो भविश्य, सामाजिक सुरक्षा–सहकार्य, योगदान र सहभागिता, अर्गनाईजिङ एकेडेमी, विधितामा एकता ट्रेड युनियनबीचको सौहार्दतापुर्ण एैकेबद्धता, सिमापारिको समस्याः संगठन र सफलता, युवापुस्ता(वाई–जेन) ः युनियनमा युवा अभियान, महिला लैङगिक समानता (वि–जेन) कार्यक्रम र जनसरोकार विषयमा संलग्नता रहेका छन् ।

अध्यक्ष श्रेष्ठले चारवर्षे कार्यकालमा जिफन्टको कायाकल्प पुरा गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । उहाले भन्नुभयो–चार वर्षमा सोच र योजना तयार ग¥यौ , अब बुदागत रुपमा कार्यन्वयन गर्र्नेछौ । उहाले मुख्य एजेन्डा सदस्यता वुद्धी , नया क्षेत्रमा संगठन विस्तार र सदस्यता वितरण र स्थानीय तहमा ३ जना जिफन्टका सदस्य सहितको कार्ययोजना निर्माण लगायत रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्