एसईईको नतिजा आजै सार्वजनिक हुने



काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन गर्ने भएको छ । केहीबेर आघि बसेको बोर्डको बैठकले उक्त निर्णय गरेको हो।

नतिजा प्रकाशित भएपछि वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने बोर्डले जनाएको छ।

गत वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा सञ्चालन भएको थियो । परीक्षामा सहभागी हुन करिब पाँच लाख १५ हजारले आवेदन दिएकोमा चार लाख ९५ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्