तीनकुनेको कल सेन्टरमा प्रहरीको छापा



काठमाडौं ।

काठमाडौंको तिनकुनेमा चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । घर भाडामा लिएर कल सेन्टरको आवरणमा साइबर अपराध गरेको आशंकामा छापा मारिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उक्त कल सेन्टरबाट ल्यापटप बरामद गर्ने र मुचुल्का बनाउने काम भइरहेको प्रहरीले बताएको छ। आइतबार बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा पनि प्रहरीले छापा मारेको थियो ।

यसअघि काठमाडौंको बानेश्वर, सामाखुसी र भक्तपुरमा पनि प्रहरीले छापा मारेर चिनियाँ र त्यहाँ कार्यरत नेपाली कामदारलाई पक्राउ गरेर मुद्दा चलाउँदै आएको छ । २०७६ पुस ७ मा काठमाडौंको महाराजगञ्ज लगायतका ठाउँबाट १२२ जना नेपालीलाई पक्रेर डिपोर्ट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्