निर्वाचन प्रणालीका कारण गणतन्त्र नै संकटमा : प्रचण्ड



काठमाडाैं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान निर्वाचन प्रणालीका कारण गणतन्त्र नै खतरामा पर्ने बताएका छन् ।

सोमबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्वर्गीय नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भने ‘अब यो चुनाव प्रणालीले हाम्रो गणतन्त्र पनि खतरामा पर्छ । यसले देशलाई नराम्रो भुमरीमा लान्छ, भड्खालोमै लान्छ ।’

गाउँपालिकामा १० करोड खर्च गरेर चुनाव जितियो भन्ने कुरा सुनिएको भन्दै उनले यही प्रणालीमा संघको चुनाव जित्न अर्बौं रकम चाहिने स्थिति आएको बताए ।

गरिबले निर्वाचन जित्नु सपना जस्तो भएको बताउँदै उनले जताततै दलालहरूले मात्रै जितेर आउने देखिएको बताएका छन् । जनताले लोकतन्त्रको अनुभूति गर्न नपाएपछि गणतन्त्र पनि धरापमा पर्ने उनको तर्क छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्