एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव फेला



झापा।

एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव फेला परेको छ।

झापामाको केचनाकवल गाउँपालिका ५ मा आईतबार बिहान एउटै रूखमा तीन किशोरीको झुण्डिएको अवस्थामा शव फेला परेको हो।

स्थानीय बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीहरू झुण्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले जानकारी दिए।

मृतकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना छन्।

शनिबार दिउँसोदेखि हराएका उनीहरू आज बिहान करिब ७:३० बजे झुन्डिएको अवस्थामा फेला परेका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरीकाे टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घटनाबारे थप अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्