सशस्त्र प्रहरीका १४ जना कामु एसएसपी र दुई एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस (सूची सहित )



काठमाडौँ।

सशस्त्र प्रहरी बलका १४ जना कामु एसएसपी र दुईजना एसपीलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा समितिले क र ख जेष्ठता क्रम कायम हुनेगरी बढुवा सिफारिस गरेको छ ।

कामु एसएसपीबाट एसएसपी हुनेमा प्रवीण कँडेल , दिपेन्द्र कुँवर (ख), विष्णु प्रसाद भट्ट, दिग बिजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसीना, नीरकृष्ण अधिकारी, सुधीर जंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल, उद्धव बहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन छन्।

यस्तै शसस्त्र प्रहरी उपरिक्षक किरण ढुंगाना र शंकर खनाल पनि एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन् । साथै, बढुवा सिफारिसउपर चित्त नबुझे ७ दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिमा उजुरी दिनसक्ने पनि बढुवा समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्