ललितपुर– १६ वडाद्वारा योग साधना केन्द्र सञ्चालन



ललितपुर ।

ललितपुर महानगरपालिका १६ वडाले योग साधना केन्द्र संचालनमा ल्याएको छ ।
पाटनढोका, बालिफलस्थित अशोक पार्टी प्यालेसमा सो केन्द्रको स्थापना गरिएको हो । सो केन्द्र पतञ्जली योग पीठको शाखाका रुपमा संचालन भएको वडाले जनाएको छ । केन्द्रको व्यवस्थापन नकबहील योग साधना केन्द्रले गर्ने छ ।

शनिबार आयोजित एक समारोहकाबीच केन्द्रको उद्घाटन गर्दै पतञ्जली योग समिति नेपाल वागमती प्रदेश संगठन मन्त्री कमलप्रसाद घिमिरेले वडाले योग साधना केन्द्रको थालनी गर्नु सकारात्मक र अनुकरणीय रहेको बताउनुभयो ।

सो अवसरमा वडाअध्यक्ष निर्मलरत्न शाक्यले केन्द्रको निरन्तरताको लागि वडाले आवश्यक स्रोत व्यवस्थापन गर्ने बताउनुभयो । स्वस्थ रहन योग गरौ भन्ने सन्देश जनजनमा फैलाउन केन्द्र स्थापना गरिएको वडाअध्यक्ष शाक्यको भनाई रहेको छ ।

यसैबीच वडाले सञ्चालन गरेको पाँच दिने नि:शुल्क योग शिविर पनि शनिबार समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्