पुष्पलाई श्रद्धाको बर्थडे गिफ्ट



अभिनेता पुष्प खड्काले आगामी भाद्र ३ गते रिलिज हुने फिल्म कृष्ण–लीलाको टिमसँग जन्मदिन मनाएका छन्। कृष्ण–लीलाका प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठले आफ्नो फिल्मको नायकको जन्म दिन मनाउन बिहीबार राजधानीमा विशेष कार्यक्रम आयोजना गरेका थिए।

सो अवसरमा पुष्पका साथमा उक्त फिल्मका निर्देशक दीपक ओलीको जन्मदिन पनि मनाइएको थियो। कार्यक्रममा फिल्मकी नायिका श्रद्धा क्षेत्री, अभिनेताद्वय बुद्धि तामाङ र रवीन्द्र झा पनि सहभागी थिए।

आफ्नो प्रदशोन्मुख फिल्मका निर्माताले जन्मदिनको अवसरमा सरप्राइज पाटी आयोजना गरेकोमा दुवैले खुसी व्यक्त गरे। ‘यसरी फिल्म टिमसँग जन्मदिन मनाउन पाउँदा निकै खुशी लागेको छ’ पुष्पले भने, ‘यो बर्षको जन्मदिन निकै बिशेष बनाइदिनु भयो। हृदयदेखि आभारी छु।’

कार्यक्रममा नायिका श्रद्धाले पुष्पलाई राधाकृष्णको मुर्ति र परफ्युम गिफ्ट दिएर जन्मदिनको शुभकामना दिएकी थिइन्। श्रद्धाले सो उपहार फिल्मसँगै सम्बन्धित भएको बताइन्।आरआर फिल्म्स्को ब्यानरमा प्रकाशराज कार्की र केवल तामाङद्वारा निर्मित कृष्ण–लीलामा पुष्प, श्रद्धा, बुद्धि र रवीन्द्रका साथमा भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतका कलाकारले अभिनय गरेका छन्।

रोजन श्रेष्ठ र पिताम्बर आचार्य सह–निर्माता तथा रमेश तामाङ लाइन प्रोड्युस रहेको फिल्ममा लक्ष्मण सुवेदीको लेखन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत तथा शिव ढकालको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्