थुनुवाबन्दीको निशुल्क स्वास्थ्य जाँच



रौतहट ।

प्रहरी हिरासतमा रहेका थुनवाहरुको शनिबार निशुल्क स्वास्थ्य जाँच गरिएको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चन्द्रपुर हस्पिटल प्रालिको समन्वयमा हिरासतमा रहेका १५ जना थुनुवाहरुको शारिरीक स्वास्थ्य जाँच गरेको हो । सामुदायिक प्रहरी साझेदारी अबधारणा अन्तर्गत उनीहरुको स्वास्थय जाँच गरिएको हो ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा जबरजस्ती करणीमा १ जना, बाल यौन दुरुपयोग २ जना, ठगी २ जना, सार्बजनिक शान्ति बिरुद्ध ५ जना चोरी १ जना लागु औषधमा ३ जना रहेका छन् ।

हिरासतमा रहेका थुनुवाहरुको दीर्घकालिन स्वास्थ्य उपचारको लागि कार्ड समेत उपलब्ध गराएको छ । चन्द्रपुर हस्पिटल प्रालिका डाक्टरद्धय सुबास चौधरी र कुन्दन चौधरीले उनीहरुको स्वास्थ्य जाच गर्नु भएको हो । उनीहरुको प्रेशर, सुगर, कान, मुटुको अवस्था लगायतको जाँच गरिएको हो ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक सन्तुलाल प्रसाद जैयसवारले थुनुवा बन्दिहरुको शारिरीक र मानसिक अबस्था तन्दुरुस्त बनाउन स्वास्थ्य जाँच गरिएको बताउनु भयो ।प्रहरी कार्यालयमै थुनुवाहरुको स्वास्थ्य जाँच गर्दा २४ घण्टा थुनिनु पर्ने पीडाबाट उनीहरुले मुक्ति पाउने र केही समय बाहिरी बाताबरण समेत बुझने भएकाले शारिरीक र मानसिकरुपमा उनीहरुमा बिचलन नआउने उहाँले बताउनु भयो ।

चन्द्रपुर हस्पिटल प्रालिका डाक्टर सुबास चौधरीले समय समयमा थुनुवा बन्दिहरुको स्वास्थय जाँच गर्दा उनीहरुमा निराशा हटेर जाने बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्