विद्यालयको कम्जोरीले विद्यार्थी मर्कामा

परीक्षा दिएको विद्यार्थीको नतिजा अनुपस्थिति



पर्वत।

पर्वत ३ सिल्मीकी प्रविना नेपाली एईई सकिएपछि दश जोड दुई अध्ययनका लागि पोखरा झरिन् । समाजमा हुने गरेको अन्याय विरुद्ध लाग्नका लागि वकिल बन्ने उनको हुटहुटी सकार पार्नकै लागि पोखरा आइन् । दाई भाउजु पोखरा ११ फुलबारीमा बस्ने भएकाले उनीपनि दाई भाउजुसंगै बसिन् । फुलबारीबाट नजिकै कानूनको पढाइ हुने क्याम्पस खोज्दै जादाँ पोखरा ९ नयाँ बजार स्थित नवप्रभात मा.विमा ठोकिन पुगिन् । उनले नजिक रहेकाले त्यहि पढ्ने निर्णय गरिन् ।

गाउँमा दलित परिवार भएपनि उनको परिवारका सबै पढाइमा अब्बल नै छन् । गाउँमा पढाइका लागि कसैले उदाहरण दियो भने उनकै परिवारको उदाहरण दिने गर्छन् । आफ्नो पढाइलाई अघि बढाउँदै जादा कानून विषको पढाईको एक वर्ष वित्यो । अर्थात कक्षा ११ को बार्षिक परीक्षा दिन उनी सामिल भईन् । हाल कक्षा १२ मा अध्ययन गर्दै गरेकी उनीमा समाजमा भएको अन्यायको विरुद्धमा लड्ने सोँच थियो । तर, अन्यायको विरुद्धमा लड्ने पहिलो कदम चालेकी उनी आफै अहिले न्याय माग्न बाध्य भएकी छिन् ।

बर्खाको समय भएकाले उनी यतिबेला गाउँ फर्किएकी छिन् । खेत रोप्ने चटारो भएकाले उनी गाउँमा आमालाई सघाउन पुगेकी हुन् । गाउँमा काम गर्दै गर्दा कक्षा ११ को नतिजा सार्वजानिक भएको थाहा पाएपछि उनी नतिजा हेर्न चाहान्थिन् तर, मोबाइलमा ब्यालेन्स नभएको र रिचार्ज नपाएकाले पोखरामा फोन गरेर रिचार्ज हालिदिन भन्छिन् । उनको दिदीले रिचार्ज हालिदिएपछि उनको दाईले रिजल्ट हेरिदिन्छन् ।

पढाई सुरुगरेदेखी अहिलेसम्म आउँदै कुनैपनि परीक्षामा फेल नभएकी उनी कक्षा ११ को परीक्षामा भने फेल भएको देखाइदियो । उनको कुनै विषयमा अंक कम आएर फेल भएको भने होइन् । परीक्षामा उपस्थिति भएर राम्रो परीक्षा दिएको उनी बताउँछिन् । ‘७० अंकको परीक्षा हो मैले घरमा आएर पनि जाँच गर्दा ६० आएको थियो । म संग प्रश्नपत्र सबै छन् मैले परीक्षा दिएको हुँ’ नेपाललीले भनिन् । तर, उनको नतिजामा भने परीक्षामा अनुपस्थिति देखिएको छ । जसले उनलाई ठुलो धक्का पुगेको छ । विद्यालयमा फोन गरेर बुझ्दा उत्तरपुस्तिका नै हराएको जवाफ पाएको उनी सुनाउँछिन् । विद्यालयको गैरजिम्मेवारीपनका कारण उनको उपस्थितिलाई समेत अनुपस्थिति जनाइएको छ ।

विद्यलायको गल्तिका कारण एक विद्यार्थीको भविष्य डामाडोल भएको छ । परीक्षा दिइसकेको विद्यार्थीको उत्तरपुस्किा नै गायब हुनुमा विद्यालयको गैरजिम्मेवारी मात्रै नभई त्यहाँ गम्भिर प्रकृतिको चलखेल समेत भएको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

यस अघि पनि पोखरा ११ को शिवशक्ति माविकी एक छात्राको प्रवेश पत्रको फारम नै विद्यालयले नभरिदिदाँ विद्यार्थीको भविष्य नै अन्धकारमा पुगेको थियो । सोही मार्गमा यतिबेला नवप्रभात पनि देखिएको छ ।

विद्यालयकी प्रधानध्यापक माया थापाले उक्त विषयमा छलफल गर्ने बताएकी छिन् । उनले विद्यालयको राम्रो विद्यार्थीमा पर्नेकै नतिजा त्यसतो आउनुमा विद्यालय गम्भिर भएको सुनाइन् । तर, विद्यालयको त्यो त्रुटिले विद्यार्थीको मानसिकतामा भने असर गरेको छ ।

‘मैले उहाँको अभिभावकसंगपनि कुरा गरिसकेको छु । सम्बन्धित विषयको शिक्षकसंग सोधेर के कसो हो पत्ता लगाउँछौँ । नतिजा प्रकाशित गर्दा सिम्बोल नम्बर भएको हुनाले यताउती मिसिङ पनि हुन सक्छ सक्भर मिसिङ नगर्ने भनिएको तर, कहिलेकाहिँ केहि हुन सक्छ त्यसकारण विषय शिक्षक संग कपी मागेर हेरेर बसेरै कुरा गरौला नि भनेका छौँ’ उनले भनिन्,‘कपी बाहिर गएको होइन् विद्यालयमै छ । हामी विद्यालय खुलेपछि यसबारे छलफल गर्ने छौँ ।’ उनको भनाइ अनुसार भने विषय शिक्षकको यसमा त्रुटि भएको देखिन्छ ।

कक्षा ११ को परीक्षा र नतिजा प्रकाशन सामुदायिक विद्यालयका लागि माध्यामिक शिक्षा कल्याणकारी कोषले गर्ने गर्दछ । कक्षा १२ को भने राष्ट्रिय परीक्षा बोर्डले लिने गर्दछ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र मर्सानीले यस विषयमा प्रधानध्यापक नै जिम्मेवारी हुनुपर्ने बताए । उनले विद्यार्थीको नजिता के कस्तो भन्ने विषयमा पछि सोधम्ला वा मलाई थाहा भएन भन्ने कुरा गर्न नमिल्ने बताए । कुनै पनि विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने मर्सानीले बताए । प्रधानध्यापकले नै जिम्मा लिएर काम गर्नुपर्ने र त्यो नभएको खण्डमा आफूहरु पनि विद्यार्थीको अधिकार र भविष्यका लागि अघि सर्ने बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्