रसुवागढि हाईड्राेपावरको साधारण सेयरमा आवेदन दिने म्याद थपियाे



रसुवा।

असार १३ गतेबाट निष्कासन भएकाे रसुवागढि हाईड्राेपावर कम्पनीकाे सेयर साउन १० गते सम्मका लागि म्याद थप गरिएकाे छ ।

 

कम्पनीले स्थानीय बासिन्दाहरूका लागि छुटाएकाे १० प्रतिशत अर्थात् ६८ लाख ४२ हजार १०० कित्ता साधारण सेयर निष्काशन गरेकाे छ ।

अतिप्रभावित क्षेत्र गाेसाईकुण्ड गाउँपालिका वडा नम्बर १ थुमन ,वडा नम्बर २ टिमुरे प्रशारण लाईन वाट प्रभावित हुने आमाछाेदिङमाे गाउँपालिका वडा नम्बर ४ गाेल्जुङ र वडा नम्बर ५ चिलिमे काे साथै गाेसाईकुण्ड गा,पा काे वाकि वडा हरू वडा नम्बर ४ लाङटाङ,५ स्याफ्रु,६ धुन्चे तथा सामान्य प्रभावित बाकि जिल्ला भित्र का स्थानीय बासिन्दा हरूले आवेदन दिन सक्नेछन ।

असार १३ गते देखि २७ गते सम्म सेयरकाे भर्ने समय ताेकिएपनि सराेकार वालाहरू र स्थानीय हरूले म्याद थप गर्न माग गरेपछि साउन १० गते सम्म वढाईएकाे कम्पनी सचिव नरनाथ न्याैपानेले बताउनुभयाे ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड छन् । यो आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिन पाइन्छ।

निष्काशन गरिएको कुल १० प्रतिशत सेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.५:१.५:१ अनुपातमा बाँडफाँट हुनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्