जिवजिवे अस्पतालमा सुविधा सम्पन्न अक्सिजन प्लान्टसहित थाईराईट परीक्षण मेसिन र एम्बुलेन्स सेवाको शुभारम्भ 



रसुवा।

रसुवा जिल्लाकाे कालिका गाउँपालिका वडा नम्बर ५ जिवजिवेमा रहेको ग्रामीण अस्पतालमा सुविधा सम्पन्न अक्सिजन प्लान्टसहित  थाईराईट परीक्षण मेसिन र एम्बुलेन्स सेवाको शुभारम्भ गरिएको छ ।

कालिका गाउँपालिका र नाैकुण्ड गाउँपालिकाकाे करिब १८ हजार जनताहरूले प्रत्यक्ष लाभ लिन सकिने गरी  बागमती प्रदेश सरकारकाे लागतमा  ८५ लाख बराबरको  अक्सिजन प्लान्ट र थाईराईट परीक्षण मेसिनको उपलब्ध गराइएको हो ।

यस्तै नेपालस्थित भारतीय  दूतावासको सहयोगमा एम्बुलेन्स सेवाको पनि सुचारु गरिएको छ ।

स्थानीय  स्तरमा नै सुविधा सम्पन्न अस्पताल र अस्पतालमा सुविधा दिने उपयुक्त मेसिन र बिरामी  बोक्न एम्बुलेन्स भएपछि यस भेगका नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज हुने बताइएको छ ।

शनिवार  एक कार्यक्रम गरी  बागमती प्रदेश सभा सदस्य एवं  सांसद तथा नेपाली  काँग्रेस बागमती प्रदेश सभाको संसदीय दलकाे प्रवक्ता प्रभात तामाङले
उद्घाटन गर्दै अक्सिजन प्लान्ट सहित थाईराईट परीक्षण मेसिन र एम्बुलेन्स सेवाको शुभारम्भ भएको छ ।अवका दिनमा जतनका साथ सञ्चालनमा रहने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्