बाराही समाजको अध्यक्षमा प्रेमकृष्ण



ललितपुर ।

बाराही समाजको शनिबार सम्पन्न नवौं वार्षिक साधारण सभाले प्रेमकृष्ण बाराहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा चन्द्रमान बाराही, सचिवमा दीपक बाराही (अमिर) , सहसचिवमा राधाकृष्ण बाराही, कोषाध्यक्षमा उपेन्द्र बाराही रहनुभएको छ ।

त्यस्तै कार्यसमिति सदस्यहरु दिलकुमार, मोहनप्रसाद, राकेशलाल, मिनुषा, सुरेश र रविन्द्र बाराही हुनुहुन्छ ।

यस अघि बाराही समाजको नवनिर्मित भवनको वाग्मती प्रदेशका सांसद् ज्ञानेन्द्र शाक्य, शोभा शाक्य र ललितपुर महानगरपालिका उपमयेर मञ्जली शाक्यले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

अध्यक्ष पुष्परत्न बाराहीको अध्यक्षतामा भएको सो उद्घाटन समारोहमा बाराही दः गुठीका वयोवृद्ध सिंहबहादुर बाराही,नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य लगायतले नेपाल भाषा, संस्कृतिको जर्गेना र नेवाः समुदायको विकासको लागि बाराही समाजले निर्वाह गर्ने आएको भूमिकाको सराहना गर्र्दै सबैको एकिकृत प्रयासको खाँचो औल्याउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्