पुसमा आउने भयो गुञ्जन



प्रेमकथाको फिल्म गुञ्जन आगामी पुस २९ गते रिलिजमा आउने भएको छ। सारा सिर्पाली, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कञ्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आईपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारले अभिनय गरेको फिल्म दुई दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनले निर्देशन गरेका छन्।

दर्जनौं फिल्ममा द्वन्द्व निर्देशन गरेका अष्टले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्। आफूले फिल्म क्षेत्रबाट सिकेको, जानेको सबै अनुभव गुञ्जनमा खन्याएको अष्टले बताए।प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन्। फिल्ममा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्स गरेकी छन्। फिल्म एएच इन्टरटेन्मेन्टको ब्यानरमा हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाहीको निर्माणमा निर्माणाधीन फिल्म काठमाडाैं, पोखरा, जोमसोममा र यूएईको दुबईमा छायांकन गरिएको छ।

फिल्ममा कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन र विपिन मल्लको सम्पादन रहेको छ। फिल्म बितरणका लागि काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीसँग सम्झौता गरिएको छ।

प्रतिक्रिया दिनुहोस्