मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु : मेयर बालेन

0
Shares

काठमाडौँ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह ‘बलेन’ले आफ्नो तलबबाट र्‍यापर स्वर्गीय यम बुद्धको सालिक बनाउने बताएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘’म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु। तपाईँहरूको दिन शुभ रहोस्।’

महानगरले यम बुद्धको सालिक बनाउन १५ लाख बजेट छुट्याएको समाचारआएको थियो। यो निर्णयबारे सर्वत्र आलोचना भइरहेको छ।

Skip This