कुमारवर्तीलाई क्युएए



नवलपरासी ।

पूर्वी नवलपरासीको सदरमुकाम कावासोती स्थित कुमारवर्ती बहुमुखी क्याम्पसले शुक्रबार कावासोतीमा प्रभातफेरी गरेको छ ।

जिल्लाकै जेठो कलेज कुमारवर्तीले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र क्युएए प्राप्तिको खुसियालीमा प्रभातफेरी गरेको हो ।

विश्वविद्यालय अनुदान आयोगले संस्थागत एवं शैक्षिक गुणस्तर परीक्षणका विभिन्न मापकहरु पूरा गरेका कलेजहरुलाई क्युएए प्रमाणपत्र दिने गर्दछ ।

विक्रम सम्वत २०४५ सालमा स्थापना भएको यस क्याम्पसमा प्लस टु अतिरिक्त शिक्षा, समाज शास्त्र तथा ब्यवस्थापन विषयका कक्षाहरु संचालन हुदै आएकाछन् ।

प्रतिक्रिया दिनुहोस्