करिब तीन क्वीन्टल गाँजासहित दुई जना भारतीय पक्राउ



वीरगन्ज ।

पर्सा प्रहरीले वीरगन्जमा २७० किलो गाँजासहति २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला महोत्तरी ग्राम सेमरी वडा नं. ११ बस्ने २७ वर्षीय विजेशकुमार यादव र बिहार पूर्वी चम्पारणका ५० वर्षीय धर्मेन्द्र यादव रहेका छन्।

वीरगन्ज महानगरपालिका २१ परवानीपुरको बाटो हुँदै लागु औषध गाजा ओसार पसार भइरहेको सूचनाको आधारमा बिहीबार बिहान साढे ८ बजे गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

युपी २१ एएन ९९५७ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा २७० किलो गाजा बरामद गरिएको र उनीहरु विरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको उहाँले बताउनाुभयो ।

 

प्रतिक्रिया दिनुहोस्