प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यको नाममा विरोध, बैठक स्थगित

0
Shares

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक एक घण्टाको लागि स्थगित भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको १२५ सदस्यीय पोलिट्ब्यूरोमा केन्द्रिय सदस्यहरुले विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

मापदण्डविना पोलिटब्यूरो सदस्य तोकिएको भन्दै केन्द्रीय सदस्यहरुले फ्लोरबाट आपत्ति जनाएका थिए ।