रुपा चिकित्सा अवार्ड २०७९ स्थापना गरिने



काठमाडौँ।

समाजसेवी स्व. रुपा श्रेष्ठको स्मरणमा स्थापित रुपा फाउण्डेसन र नेपाल चिकित्सक संघको संयुक्त पहलामा रुपा चिकित्सा अवार्ड २०७९ को स्थापना गरिने भएको छ ।
फाउण्डेसनको स्थापना गरी नेपाल चिकित्सक संघको स्थापना दिवस फागुन १० गतेका दिन अर्थात् प्रत्येक बर्ष फागुन २० गते उक्त अवार्ड एक जना चिकित्सकलाई नगद १ लाख पुरस्कार सहित दोसल्ला र प्रमाणपत्र सहित उपलब्ध गराईने भएको छ । नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा संघका अध्यक्ष डा. लोचन कार्की एवं रुपा फाउण्डेसनका संयोजक आत्माकृष्ण श्रेष्ठ सहमति भएको संघका अध्यक्ष कार्कीले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पुरस्कारका लागि चिकित्सकीय पेशामा समर्पित भई अतुलनिय योगदान पुर्याउने उत्कृष्ट एकजना चिकित्सकलाई ९ जना सम्मितिल छनोट समितिले बैज्ञानिक विधिबाट कात्तिक महिनादेखि माघ मसानत सम्ममा छनोट प्रकृया पुरा गरि प्रत्येक बर्षको फागुन १० गते अवार्ड घोषणा गर्ने र २० गते हस्तान्तरण गर्ने सम्झौता भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्