तिनाउ करिडोर निर्माणस्थलको क्याम्प कुरुवा दाङका डाँगी मृत फेला



बुटवल ।

बुटवल उपमहानगरपालिकाको तिनाउ करिडोर निर्माण स्थलमा कार्यरत एक मजदुर मृत फेला परेका छन । दाङको घोराही नगरपालिका–५ घर भई हाल बुटवलको तिनाउ करिडोरमा काम गर्दै आएका ५२ वर्षीय रमेश डाँगी मृत फेला परेका छन ।

बुटवल–११ देविनगर मगर घाटको उत्तरतर्फ निर्माणस्थल कुरुवाको रुपमा काम गर्दै आएका डाँगीलाई मृत अवस्थामा भेटेपछि सँगै काम गर्ने तथा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाए लगत्तै प्रहरी टोली त्यस स्थानमा पुगेको थियो ।

प्रहरीका अनुसार बुधबार साँझसँगै काम गर्ने साथीहरुसँग मदिरा सेवन गरेर सुतेका डाँगी आज विहान मृत अवस्थामा फेला परेका हुन् ।

तिनाउ करिडोर निर्माणको जिम्मा पाएको किरातेश्वर मैनाचुली÷अविसा जेभीको काम गर्दै आएका उनी निर्माणस्थलको क्याम्प कुरुवाका रुपमा काम गर्दै आएका थिए ।

अहिले शव बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।

घटना बारे थप अनुसन्धान शुरु गरेको एलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीले बताउनु भयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्