२ नम्बरी विदेशमा पनि रिलिज हुने

0
Shares

आगामी कात्तिक ४ गते रिलिज हुने फिल्म २ नम्बरीको विदेशमा माग बढेको छ। प्रस्तुतकर्ता किरण नेपालीका अनुसार फस्र्टलुक सार्वजनिक भएसँगै विभिन्न विभिन्न देशमा यो फिल्म बिक्री भइसकेको छ

फिल्म कात्तिक ४ गते नै दक्षिण कोरिया, दुबई, कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डनलगायतका देशमा रिलिज हुने पक्का भएको छ। फिल्म निप फिल्मस्का लागि रमेश ढकालले किनेका हुन्।

अन्य देशमा पनि फिल्मको लागि कुरा भैरहेको किरणले जानकारी गराएका छन्। २ साथीको मित्रताको कथामा बनेको फिल्म दीपेन्द्र लामाले निर्देशन गरेका छन्। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेनलगायतका कलाकारले अभिनय गरेका छन्।