काठमाडौंको खुलालटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौं ।

काठमाण्डौको शंखरापुर नगरपालिका–९ खुलालटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय दिपक केसी रहेका छन् ।

साँखुबाट ईन्द्रायणी तर्फ जाँदै गरेको के.सीले चलाएको बा ५८प ६५५० नम्बरको मोटरसाइकल गएराति ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

घाइते उनको जोरपाटी स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्